0

Opening Hours : Sunday to Friday - 8am to 6pm

+977-9851046024

4770d9c39a2934d_200814034330.jpg
Narendra Hamal
Managing Director, Ayur Sadan
Narendra Hamal
Managing Director, Ayur Sadan
प्राकृतिक जीवनशैली, योग र प्राकृतिक आहार–विहार सम्बन्धी जनचेतना अभिशृद्धि गराउँदै हिमाल, पहाड र तराईका विभिन्न स्थानमा पाइने प्राकृतिक र कृषि तथा जरीबुटीजन्य वस्तुहरु संकलन, उत्पादन, विक्री वितरण तथा यसको समुचित प्रयोग गरी स्वस्थ, सुन्दर र समृद्ध समाज निर्माण गर्ने यस आयुर सदन प्रा.लि.को मुख्य उद्देश्य रहेको छ ।

अप्राकृतिक जीवनशैली, रसायनिक आहार–विहार, व्यस्तता र विद्युतीय उपकरणको व्यापक प्रयोजनको कारण आज मानव शरीर विष एवं रोगयुक्त भइसकेको छ । यसैले प्राकृतिक चिकित्सा, जरीबुटी तथा पौष्टिक आहारको क्षेत्रमा लामो समयदेखी अध्ययन र अनुसन्धान गरिरहेका विशेषज्ञहरुद्वारा तयाँर गरिएका प्राकृतिक, कृषि, जरीबुटी तथा पौष्टिक आहारजन्य दिव्य उत्पादनहरुको उपभोगबाट मानव शरीरलाई स्वस्थ राख्न सकिन्छ ।

कृषिजन्य खाद्य वस्तुहरु प्रायजसो रसायनिक भएको र यसको उपभोगले मानव स्वास्थ्यमा दिनप्रतिदिन विषको मात्रा बढि रहेकोले विषमुक्त खेती र जैविक खाद्य वस्तुसम्बन्धी जनचेतनामुलक तालिम, सेमिनार, गोष्टी सन्चालन गरी जैविक एवं प्राकृतिक आहार–विहारको व्यवस्था गर्ने गराउने हाम्रो अभिप्राय रहेको छ ।

शरीरमा रोग लागि सके पछि औषधीजन्य वस्तुले मात्र रोग निको हुदैन, ऋतु अनुसारको प्राकृतिक आहार–विहार र पथ्यले रोग निको हुन्छ । भान्सामा उपलब्ध वस्तुहरुको उचित प्रयोग गरी वाथ, पित्त र कफलाई सन्तुलनमा राखी स्वस्थ शरीर प्राप्त गर्न सकिन्छ ।
अप्राकृतिक जीवनशैली, रसायनजन्य आहार–विहार, बिदेशीहरुको अक्कल विनाको नक्कल र भौगोलिक वातावरण, मौसम, संस्कार तथा स्वस्थ रहनको लागि प्राकृतिक नियमहरुको सामान्य जानकारी न भएको कारण आज मानव समुदाय रोग ग्रस्त हुन पुगेको छ । उपलब्ध श्वास्थ्य निकायहरु समेत अन्यौलमा रहेको अवस्था छ । स्वास्थ्य बिकासको ठाउंमा स्वास्थ्यको विनाश भै रहेको छ ।
मानव समुदायको स्वास्थ्य सुधारको लागि आफ्नै भान्सा, पन्चगव्य, बारी, खेत र नजिकको जंगलबाट संग्रह गरिएका खाद्य एवं पेय जन्य वस्तुहरुको यथोचित प्रयोग गरि शरीरलाई स्वथ्य राख्न सकिने सचेतनामुलक कार्यक्रमहरु संचालन गरि रहेको यहांहरुमा विधितै छ ।

प्रकृतिले हाम्रो सुरक्षाको लागि ३ वटा सुरक्षा कवच उपलब्ध गराएको छ, तर त्यसलाई लत्यायर आज हामि बिदेशीहरुको अक्कल बिनाको नक्कल गरि रहेकाछौं । शरीरमा अक्सिजनको मात्रा नपुगि विभिन्न रोगहरुको बिजारोपण भै रहेको छ । रसायनयुक्त आहार–विहारको कारण शरीर पूर्ण रुपमा अम्लिय भै सकेको छ तै पनि मैदा, चिनि, समुद्रि नून, सि.टि.सि. चिया, फ्रिजको चिशो, रिफाईण्ड तेल, जंक फुड, फाष्ट फुड, प्रिजभर््ड फुड, प्याकिङ्ग फुड आदि खान हामी तल्लीन छौं ।


प्राकृतिक नियम अनुसार खाना खाने, पानी पिउने, शास फेर्ने र ऋतु अनुसारको दिन चर्या अप्नाउने हो भने हामी पुन: निरोगि हुन सक्छौं । नेपाली गाईको दूधजन्य परिकार, तुलसीको सेवन र भान्सामा रहेका मसलाजन्य औषधीहरुको समुचित उपभोगले मात्र पनि हामी स्वस्थ रहन सक्छौं । शरीरमा भएका त्रीदोष (वात,पित्त र कफ) लाई सन्तुलित गरि आवश्यक अक्सिजनको पूर्ती गर्न सकियो भने शरीरमा भएका रोगहरुको निदान हुन्छ र स्वस्थ जीवन जीउन सकिन्छ ।

यसैले, आउनुहोस् हामी सबैजना प्रकृति तिर फकौं र समाजमा प्राकृतिक जीवनशैलीलाई पुनरस्थापना गरि एक स्वस्थ, सुन्दर र समृद्ध समाजको निर्माण गरौं ।

जय प्रकृति !!!

  

TESTIMONIALS